सिराहाको लहानमा गठबन्धन विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

भूगोल र मतदाताको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको  लहान नगरपालिकामा नेपाली कांग्रेसले मेयर र जनता समाजवादी पार्टी नेपालले उपमेयर जितेका छन् । 

तीनदलीय गठबन्धनअन्तर्गत कांग्रेसका महेशप्रसाद चौधरी आठ हजार एक सय ३६ मतको फराकिलो अन्तरले मेयरमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार शुक्रबार मध्याह्न सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रमुख पदमा निर्वाचित चौधरीले २० हजार एक सय पाँच मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेका सुडीले ११ हजार नौ सय ६६ मत ल्याएका छन् । प्रमुख पदमा पराजित सुडी लहानका निवर्तमान प्रमुखसमेत हुन् । लहानमा कांग्रेससहित जसपा र माओवादी केन्द्रको गठबन्धन बनेको थियो । 

त्यस्तै, जसपाका रामचलितर महतो निवर्तमान उपप्रमुखसमेत रहेकी सरियारकुमारी चौधरीलाई सात सय ७९ मतान्तरले पछि पार्दै उपप्रमुख पदमा निर्वाचित भएका छन् । महतोले १२ हजार पाँच सय ६९ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी चौधरीले ११ हजार सात सय ९० मत प्राप्त गरेकी छन् । 

नगरपालिकाको २४ मध्ये कांग्रेसले १, २, ३, ५, ६, ७, ८, ९, ११, १२, १३, १५, १६, १९, २२ र २३ गरी १६ वडा, एमालेले १०, १७, १८ र २१ नंं.  वडा, जसपाले ४ र २४ नं. वडा, माओवादी केन्द्रले २० नम्बर वडा  र नेकपा (एकीकृत समाजवादी) ले १४ नं. वडामा जित निकालेका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार