बिर्तामोडमा एमाले विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

झापाको बिर्तामोड नगरपालिकाकाे मेयरमा एमालेकी पवित्रादेवी महतरा विजयी भएकी छिन् । उनले कांग्रेसका भोजराज सिटौलालाई पराजित गरेकी हुन् । महतराले १६ हजार पाँच सय २० मत प्राप्त गर्दा सिटौलाले १२ हजार सात सय ३२ मत पाए । महतरा यसअघि उपमेयर थिइन् । 

नगरपालिकाको उपमेयरमा पनि एमाले नै विजयी भएको छ । उपप्रमुखमा एमालेका नगेन्द्रप्रसाद संग्रौला विजयी भएका हुन् । उनले १५ हजार पाँच सय ८६ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी चन्द्रप्रसाद कडरियाले आठ हजार चार सय ५१ मत पाए ।

सुझावित समाचार