काठमाडौं महानगरपालिकामा जारी मतगणनाबाट आठवटा वडाको मतगणना सकिएको छ। हालसम्म सम्पन्न मतगणनाबाट ६ वडाको अध्यक्षमा नेकपा (एमाले) र दुई वडामा नेपाली कांग्रेस निर्वाचित भएका छन्।
१० वडाको मतगणना जारी रहेको छ। मतपरिणामअनुसार १, २, ३, ४, ५ र ३२ नम्बरमा एमाले तथा २८ र ३० नम्बर वडामा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन्।
निर्वाचित हुनेहरूमा वडा १ मा भरत लाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापती र ३२ मा नवराज पराजुली रहेका छन्।
त्यस्तै, कांग्रेसका तर्फबाट निर्वाचित हुनेहरूमा वडा नम्बर २८ मा भाइराम खड्गी छन् भने ३० मा दलबहादुर कार्की निर्वाचित भएका छन्।