भीमेश्वर नगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

दोलखाको भीमेश्वर नगरपालिकाको मेयर पदमा कांग्रेसका  ईश्वरनारायण मानन्धर  र उपमेयरमा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन्।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका मानन्धर मेयरमा निर्वाचित हुँदा उपमेरमा एमालेकी बस्नेत निर्वाचित भएकी हुन्। मानन्धरले एमालेका उम्मेदवार हरिवंश चौलागाईंलाई  एक हजार चार सय २२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। उनले आठ हजार सात सय २३ मत प्राप्त गर्दा चौलागाईले सात हजार तीन सय एक मत ल्याएका छन्।

यसैगरी, उपमेयर पदमा निर्वाचित कमला बस्नेतले नेकपा एकीकृत समाजवादीकी संगीता तामाङलाई पराजित गरेकी छिन्। बस्नेतले सात हजार दुई सय ६४ मत पाउँदा तामाङले ६ हजार नाै सय २१ मत प्राप्त गरिन्। उनीहरूबीच कडा प्रतिस्पर्धा हुँदै आएकोमा अन्तिममा बस्नेतले तामाङलाई तीन सय ४३ मतले जितेकी हुन्।

भीमेश्वर नगरपालिकामा नाैवटा वडामध्ये कांग्रेसले चार र एमालेले पाँच वडामा जित हात पारेका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार