मोरङको बेलबारीकाे मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

मोरङको बेलवारी नगरपालिकाकाे मेयरमा एमालेका दिलप्रसाद राई निर्वाचित भएका छन् । डिपी राई नामले चर्चित ५७ वर्षीय दिलप्रसाद १६ हजार चार सय २२ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका ६१ वर्षीय महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत प्राप्त गरे ।

यसैगरी, नगरको उपमेयरमा कांग्रेसकी ४४ वर्षीया नितु थापा निर्वाचित भएकी छिन् । उनले १३ हजार सात सय ३१ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी एमालेकी ५० वर्षीया तिलकुमारी नेउपानेले १३ हजार ६ सय पाँच मत प्राप्त गरिन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार