मोरङको रतुवामाई नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

मोरङको रतुवामाई नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गंगाईले १३ हजार एक सय ३५ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका दुर्गाबहादुर  विष्टले १२ हजार दुई सय ५२ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी दमयन्तादेवी चुँडाल नाै हजार तीन सय ७४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम्प्रतिस्पर्धी माओवादी केन्द्रका सुमन कालिकोटे आठ हजार चार सय ७९ मत प्राप्त गरी पराजित भए । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार