मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारू सात हजार ६ सय ५० मत पाएर  विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारूले  ६ हजार ९३ मत पाए । 

उपाध्यक्षमा  एमालेकी  गुणावतीदेवी थारू ६ हजार एक सय २३ मत प्राप्त गरी विजयी भइन् ।  कांग्रेसकी  भुखनीकुमारी माझी पाँच हजार चार सय ४८ मत प्राप्त गरी पराजित भइन् । 

See More On

सुझावित समाचार