रामचन्द्र पौडेलको वडामा कांग्रेस विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतदाता रहेको व्यास नगरपालिका–२ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा काशीराम श्रेष्ठ ८०७ मतसहित विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार राकु श्रेष्ठले ३९० मत ल्याएका थिए । श्रेष्ठले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका थिए । 

वडा सदस्यमा सुरेश वाग्ले, जगतबहादुर क्षेत्री, महिला सदस्यमा रफत साना मिया र दलित महिला सदस्यमा सविता रसाइली विजयी भएका छन् । व्यास नगरपालिका–३ मा पनि कांग्रेसका वडाध्यक्ष अनुप रानासहित प्यानलै विजयी भएको छ । बाँकी वडाको भने मतगणना जारी छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार