रूपन्देहीको ओमसतिया अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका मञ्जितकुमार यादव (सोनु) विजयी भएका छन् । यादवले राप्रपाका तिलकसिंह कोइरालालाई पराजित गरेका छन् । यादवले ४ हजार २ सय ६९ मत पाएर निर्वाचित हुँदा कोइरालाले २ हजार ८ सय ५५ मत पाएका छन् । 

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ३ हजार ५ सय ८८ मत पाएर निर्वाचित भएकी छिन् । उनले राप्रपाकी चित्ररेखा थारूलाई पराजित गरेकी हुन् । थारूले ३ हजार ८२ मत प्राप्त गरिन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार