गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा रिता देवकोटा विजयी भएका हुन् ।
गुरुङले ५ हजार ४ सय ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका देवराज श्रेष्ठले १ हजार ५ सय ४५ मत प्राप्त गरे । उपाध्यक्षमा विजयी देवकोटाले ४ हजार ८ सय ४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मदेवार पूर्णकुमारी ढकालले ३ हजार ९ सय २ मत प्राप्त गरिन् ।
सिरानचोकमा वडा नं १, २, ३, ४ र ८ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने ५,६ र ७ नम्बर वडामा माओवादी केन्द्र विजयी भएको छ ।
११ स्थानीय तहमध्ये चुमनुब्री गाउँपालिकाबाहेक सबै पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । यीमध्ये हालसम्म नेकपा माओवादीले ८ पालिका र कांग्रेस दुईवटा पालिकामा विजयी भएका छन् ।