४८ सालदेखिको एमालेको जनमत तलमाथि भएको छैन : प्रदीप ज्ञवाली

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरूको जनमत यथावत रहेको बताएका हुन्।

उनले अन्य पार्टीसँग थोरै मतान्तर रहेका ठाउँहरूमा मात्र गठबन्धनका कारण आफूहरूको पराजय भएको बताए। ४८ सालदेखि आएको एमालेको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उनको दाबी छ।

‘हामी समग्र देशैभरिको तथ्यहरू संकलन गरिरहेका छौँ। हाम्रो समग्र जनमत यथावत छ। तर अब पाँच सय एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरूमा एउटा अर्को पार्टी थपिनेबित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो। हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा एमालेले करिब–करिब ४८ सालको निर्वाचनदेखि नै त्यो मतमा चाहिँ प्रारम्भिक ट्रेन्डहरू हेर्दा हाम्रो जनमतमा तलमाथि भएको म देख्दिनँ,’ उनले भने।

उपमहासचिव ज्ञवालीले नेकपा (एकीकृत समाजवादी)लाई सभामुख र अदालतले बचाइदिएको भए पनि जनताले नबचाइदिएका टिप्पणीसमेत गरे।

सुझावित समाचार