राप्ती– १३ मा दुई उम्मेदवारको मत बराबर, पुनः गणनामा कांग्रेसका उम्मेदवार तीन मतले विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

चितवनको राप्ती नगरपालिका वडा नं. १३ को अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार प्रजा विजयी भएका छन्। पुनः मतगणनामा तीन मत बढी ल्याउँदै कांग्रेसका उम्मेदवार प्रजा वडाध्यक्ष निर्वाचित भएका हुन्।

राप्ती– १३ को वडाध्यक्षका उम्मेदवारहरू एमालेका सूर्यबहादुर प्रजा र कांग्रेसका अशोककुमार प्रजाले समान पाँच सय एक मत ल्याएका थिए। दुवैजनाको समान मत आएपछि पुनः मतगणनाका लागि उनीहरूले दिएको निवेदनका आधारमा पुनः मतगणना गरिएको थियो। पुनः मतगणनामा कांग्रेसका अशोककुमार विजयी भएका राप्ती नगरपालिकाका निर्वाचन अधिकृत श्यामप्रसाद दाहालले जानकारी दिएका छन्।
 

सुझावित समाचार