नीलकण्ठको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

धादिङको नीलकण्ठ नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नगरप्रमुखमा कांग्रेसका भीमप्रसाद ढुंगाना १४ हजार पाँच सय ७५ मतसहित विजयी हुँदा उनका निकतटम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गंगादेवी श्रेष्ठले नौ हजार ६४ मत ल्याइएकी छिन्। ढुंगाना सो नगरपालिकाको निवर्तमान मेयरसमेत हुन्।

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका दीपक विश्वकर्मा नौ हजार ६ सय ९३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकतटम् प्रतिद्वन्द्वी नेकपा एमालेका फन्द्रा तामाङले सात हजार नौ सय १३ मत प्राप्त गरेका छन्। नगर उपप्रमुख पदमै स्वतन्त्र उम्मेदवार कल्पना अधिकारीले चार हजार ६ सय २२ मत प्राप्त गरेकी छिन्।

नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ र २ मा माओवादी केन्द्रका क्रमशः गणेशबहादुर गुरुङ र ध्वजबहादुर गुरुङ, ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ, ४ मा एमालेका हरिबहादुर श्रेष्ठ, ५ मा माओवादी केन्द्रका रामबहादुर श्रेष्ठ र ६ मा कांग्रेसका भूपेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्।

त्यस्तै, वडा नम्बर ७ मा कांग्रेसका गौतमहरि अधिकारी, ८ मा स्वतन्त्र उम्मेदवार प्रकाशकुमार श्रेष्ठ, ९ मा कांग्रेसका राजन बराइली, १० मा कांग्रेसका सरोज पाण्डे, ११, १२ र १३ मा कांग्रेसका क्रमशः रामबहादुर श्रेष्ठ, धर्मराज भण्डारी, सोमबहादुर गुरुङ तथा वडा नम्बर १४ मा माओवादी केन्द्रमा नवराज दुवाडी विजयी भएका छन्। 

सम्पादकको रोजाइ

सुझावित समाचार