भरतपुरमा तीन हजार मतान्तरले रेनु दाहालको अग्रता

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार मतान्तरले अग्रता कायम गरेकी छिन्। मध्याह्न पौने १ बजेसम्म ४१ हजार ६ सय ११ मत गणना हुँदा माओवादीकी दाहालले १५ हजार सात सय ४६ मत ल्याएकी छिन्।

दाहाललाई उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १२ हजार ६ सय एक मतसहित पछ्याइरहँदा कांग्रेसबाट बागी दिएका जगन्नाथ पौडेलले ६ हजार पाँच सय १३ मत प्राप्त गरेका छन्।

उपमेयरमा पनि गठबन्धनले अग्रता कायम राखेको छ। कांग्रेसका चित्रसेन अधिकारी १८ हजार दुई सय ५५ मतसहित पहिलो स्थानमा छन् भने राप्रपाकी हिमला गुरुङ १० हजार एक सय २६ मत ल्याएर दोस्रो स्थानमा छिन्।

सम्पादकको रोजाइ

सुझावित समाचार