ललितपुरको गोदावरीमा दोहोरिए महर्जन र अधिकारी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

ललितपुरको गोदावरी नगरपालिकामा पुरानै मेयर र उपमेयर दोहोरिएका छन्। गजेन्द्र महर्जन र मुना अधिकारी यसपटक पनि नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन्।

निर्वाचित दुवै उम्मेदवार नेपाली कांग्रेसका हुन्। मेयरतर्फ महर्जनले १८ हजार नाै सय २८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका गम्भीरबहादुर रानाले  १५ हजार एक सय ५७ मत पाएका छन्। उपमेयरतर्फ मुना अधिकारीले १८ हजार तीन सय ३३ मत ल्याएकी छिन् भने एमालेकी रुमी प्रधानांगले १४ हजार एक सय ६९ मत ल्याएकी छिन्।

सम्पादकको रोजाइ

सुझावित समाचार