भेरीगंगामा कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमाले विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन्। गठबन्धनलाई हराउँदै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी भएका हुन्।

ढकाल १० हजार १२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद सिंहले नौ हजार सात सय ९७ मत ल्याएका छन्।

उपप्रमुखमा पनि एमालेकी धनसरा बोहरा विजयी भएकी छिन्। बोहराले नौ हजार ६ सय १४ मत ल्याउँदा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नन्दबहादुर कार्की आठ हजार नाै सय १३ मत ल्याएर पराजित भएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार