बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा राजमो विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी अधिकारी थापा विजयी भएकी छिन् । थापाले ७ हजार २ सय ७३ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजन पाइजाले ५ हजार ७ सय मत ल्याएका छन् ।

विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुन् ।  उनी  कांग्रेस बागलुङको जिल्ला सचिवको जिम्मेवारीमा पनि छिन् । गत स्थानीय निर्वाचनमा  एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थापा यसपटककाे चुनावमा पाइजाका छोरा राजनलाई पराजित गरेर विजयी भइन् । 

उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वन ७ हजार १ सय ३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिनकुमारी रायमाझीले ५ हजार ७ सय २७ मत पाइन् । यस अघिकाे निर्वाचनमा वन पनि पराजित भएका थिए ।

पाँचदलीय गठबन्धनका साझा उम्मेदवार अधिकारी र वन दुईवटा राजनीतिक दल भए पनि नेपाली काँग्रेसको रुख चिन्ह लिएर चुनाव लडेका थिए । दुवैले निर्वाचन जितेका छन् ।बडिगाडका १० वटा वडामध्ये कांग्रेसले ३ वडा जितेको छ । गठबन्धनकै तर्फबाट माओवादीले २ र राजमोले २ वडा जितेको छ भने एमालेले ३ वडा जितेको छ ।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार