मोरङको सुनबर्सी नगरपालिका प्रमुखमा नेकपा एमालेका श्याप्रसाद राजवंशी विजयी भएका छन्। विजयी श्याप्रसादले आठ हजार ६ सय ३९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुर कार्कीले ६ हजार नाै सय ५२ मत पाए।
उपप्रमुखमा पनि एमालेकी मीरादेवी दास केवरत आठ हजार तीन सय ८३ मत पाएर निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी विमलादेवी केवरतले सात हजार चार सय २७ मत पाएकी छिन्।
यसैगरी, जिल्लाको जहदा गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह ६ हजार पाँच सय एक मत पाएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी जसपाका कैलाशप्रसाद मण्डल गनगाईले चार हजार ४८ मत मात्र प्राप्त गरे।
उपाध्यक्षमा कांग्रेसकै हन्ना सोरेन पाँच हजार पाँच सय ४५ मत पाएर विजयी भइन्। उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गुलाबकुमारी महतोले तीन हजार पाँच सय १२ मत पाइन्।