मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

मोरङको बुढीगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका जितनारायण थापामगर आठ हजार दुई सय ९९ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका बलभद्र सरदार थारूले सात हजार आठ सय ८० मत पाए । 

उपाध्यक्षमा कांग्रेसकी अमृतकुमारी गच्छेदार नाै हजार ५० मत पाएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी तुलसीकुमारी कुँवरले ६ हजार दुई सय २३ मत प्राप्त गरिन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार