मुगुको सोरु गाउँपालिका अध्यक्षमा समाजवादीका धर्मबहादुर र उपाध्यक्षमा कांग्रेसका केशर विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

सोरु गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी भएका छन्  । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षका उम्मेदवार धर्मबहादुर शाही चार हजार ५५ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका डिल्लीप्रसाद भट्ट एक हजार आठ सय ८९ मत प्राप्त गरी पराजित भएका छन् । भट्टले  भन्दा शाहीले दुई हजार एक  सय ६६ मतको अन्तरमा जित हासिल गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाहीले चार हजार दुई सय तीन मत ल्याएर विजयी भएकी छन्  भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी डिलकली शाही नौ सय ६८ मत प्राप्त गरी पराजित भएकी छिन् । तीन हजार दुई  सय ३५ मतको अन्तरमा शाहीले डिलकलीलाई पछि पारेर विजयी भएकी हुन् ।

सोरु गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीले गठबन्धन गरी चुनाव लडेका थिए । गठबन्धन एकीकृत समाजवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष र माओवादीलाई पाँच वडाध्यक्षको भागबन्डा गरी चुनाव लडेका थिए । मुगुको चारवटा स्थानीय तहको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार