रौतहटको मौलापुर नगरपालिकामा एमालेकी रिना साह विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

रौतहटको मैलापुर नगरपालिकामा नेकपा एमालेकी रिना साह मेयरमा विजयी भएकी छिन् । पाँच हजार पाँच सय ५६ मत ल्याउँदै एमालेकी साह मौलापुर नगरपालिकामा विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका रामप्रवेश यादवले दुई हजार नौ सय  ७५ मत प्राप्त गरेका थिए । सो नगरपालिकाको उपमेयरमा एमालेकै नागेन्द्र यादव चार हजार पाँच सय दुई मत प्राप्त गर्दै विजयी भएका छन् । मधेस प्रदेशमै मेयरमा चुनाव जित्ने साह पहिलो महिला हुन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार