दोरम्बा गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मैनकुमार मोक्तान र उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार खमला थापामगर विजयी भएका छन् । 

अध्यक्ष मोक्तान ६ हजार दुई सय ७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार एक सय ५० मत प्राप्त गरेर पराजित भए ।

यसैगरी, उपाध्यक्षमा कांग्रेसकी खमला ६ हजार सात सय ८१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेका मुना कँडेलले पाँच हजार तीन सय १० मत प्राप्त गरेकी छिन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार