मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार लव श्रेष्ठ र ईश्वरी बस्नेत निर्वाचित भएका छन् । विजयी भएका श्रेष्ठले नाै हजार सात सय १८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी  कांग्रेसका उम्मेदवार विनोद कार्कीले नाै हजार एक सय २२ मत प्राप्त गरे ।

त्यसैगरी, उपप्रमुखमा नेकपा एमालेकै ईश्वरी बस्नेत नाै हजार एक सय ६१ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी यशोदा श्रेष्ठले नाै हजार ७४ मत प्राप्त गरेकी छिन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार