काभ्रेको बनेपा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार सात सय ९३ मतसहित विजयी भएका छन् । शाक्यका प्रतिद्वन्द्वी एमालेका रत्नकुश रञ्जितकारले ११ हजार आठ सय ३५ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी विमला सापकोटा दाहाल विजयी भएकी छिन् । अधिवक्तासमेत रहेकी दाहालले ११ हजार नौ सय ९२ मत पाउँदा एकीकृत समाजवादीका रगुबर प्रधानले १० हजार पाँच सय १५ मत ल्याएका छन् ।