सन्धिखर्क नगरपालिकामा रहेका १२ वडामध्ये सात वडामा कांग्रेस, चार वडामा एमाले र एक वडामा माओवादी केन्द्र विजयी
गठबन्धनलाई पराजित गर्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । नगरप्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार एक सय ३५ मतका प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार शान्ता भण्डारी नाै हजार तीन सय ३४ मत प्राप्त गरी पराजित भइन् ।
०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार थिए । त्यसवेला उनी कांग्रेसका कमलप्रसाद भुसालसँग पराजित भएका थिए ।
यस्तै, उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएकी छिन्। आचार्यले नौ हजार ६ सय ४६ मत प्राप्त गरिन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राजेन्द्र भुसाल नौ हजार एक सय ६८ मत प्राप्त गरी पराजित भए।
यस्तै, सन्धिखर्कमा वडा नम्बर १, ३, ४, ५, ८, ११ र १२ मा कांग्रेस विजयी भएको छ भने वडा नं. २, ६, ७ र ९ मा एमाले तथा वडा नं. १० मा माओवादी केन्द्र विजयी भएको छ ।