बेलकामा निवर्तमान मेयरलाई पराजित गर्दै कांग्रेसका कार्की विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिकामा निवर्तमान  मेयर एमालेका दुर्गाकुमार थापालाई पराजित गर्दै कांग्रेसका अशोक कार्की मेयरमा निर्वाचित भएका छन् । कार्कीले थापालाई तीन हजार १४० मतान्तरले पराजित गरेका हुन् ।

कार्कीले १० हजार १२० मत पाएका छन् भने थापाले ६ हजार ९८० मत पाएका छन् । २०७४ को स्थानीय तहे निर्वाचनमा थापा मेयरमा निर्वाचित भएका थिए भने कार्की पराजित भएका थिए । 

उपप्रमुखमा एमालेकी जिरा राईले प्रतिद्वन्द्वी माओवादी केन्द्रका मनोज तामाङलाई ७८१ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएकी छिन् । निर्वाचित राईले ८ हजार २७६ मत पाएकी छिन् भने तामाङले ७ हजार ४९४ पाएका छन् । 

बेलका नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन थियो । 

सम्पादकको रोजाइ

सुझावित समाचार