धादिङको सिद्धलेक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा विजयी भएका छन् । उनले सात हजार ९५६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमनाथ सिलवालले ६ हजार १७१ मत प्राप्त गरेका छन् । सिलवाल २०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धलेक गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।
गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादीकी सविता अर्यालले सात हजार ३६२ मत ल्याइ विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला शर्माले ६ हजार २१२ मत प्राप्त गरेकी छिन् । कमला शर्मा पनि २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्ष हुन् ।