चितवनको राप्ती नगरपालिका– ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुमिता डल्लाकोटी विजयी भएकी छिन् । एमालेले टिकट नदिएपछि गुलाफको फूल चुनाव चिह्न लिएर बागी उठेकी डल्लाकोटीले एमालेकै उम्मेदवार छविलाल भुसाललाई २९८ को मतान्तरले हराइन् ।
डल्लाकोटीले ८९९ मत प्राप्त गर्दा भुसालले ६०१ मात्र मत ल्याए ।
यस्तै, कांग्रेसका उम्मेदवार यमबहादुर गुरुङले ५५९ मत प्राप्त गरे । गत स्थानीय निर्वाचनमा उनी वडाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
एमालेले आधिकारिक उम्मेदवारमा भुसाललाई उठाउने निर्णय गरेपछि उनले बागी उम्मेदवारी दिएकी थिइन् ।