ललितपुर महानगर : १० पटक वडाध्यक्ष जितेका व्यन्जनकारले रविनलाई पछ्याउँदै

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिका वडा १० मा करिब पाँच सय मतगणना हुँदा स्वतन्त्रबाट उम्मेदवार बनेका नरसिंह ब्यञ्जनकारले १८७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविन ब्यञ्जनकारले ३१३ मत प्राप्त गरेका छन्। 

नाताले रविन नरसिंहका भतिज हुन्। यसपटक वडा १० मा जम्मा एक हजार ७८३ मत खसेको थियो। अब १ हजार २८३ मत गणना गर्न बाँकी छ। ब्यञ्जनकारले यसअघि दशपटक वडाध्यक्ष जितिसकेका छन्। 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार