ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका गजेन्द्र महर्जनले १५ हजार २७२ मतसहित अग्रता लिएका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका गम्भीरबहादुर रानाले १३ हजार ७०४ मत ल्याएका छन्। रानाभन्दा महर्जन १५ सय ६८ मतले अगाडि छन्।
यसअघि एमालेका रानाले अग्रता लिएका थिए। वडा नम्बर १२ को मतगणना सुरु भएपछि महर्जनले अग्रता लिएका हुन्। अब दुईवटा वडाको मतगणना मात्रै बाँकी छ।