गोरखा नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा कांग्रेस विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा कांग्रेसकी मसलीमाया थोकर विजयी भएका हुन् । 

अध्यक्ष रानाले ८ हजार २ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजनराज पन्तले ६ हजार ४ सय ५६ मत प्राप्त गरे । पराजित पन्त निवर्तमान मेयर हुन् । नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएकी सम्झना देवकोटाले ४ हजार ९ सय ९ मत प्राप्त गरेकी छिन् । 

उपाध्यक्षमा विजयी थोकरले ७ हजार ४ सय ५३ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका नारायण खत्रीले ६ हजार ७  सय १८ मत प्राप्त गरे । एमालेका उपमेयरका उम्मेदवार देवीबहादुर बस्नेतले ४ हजार ९ सय ३४ मत प्राप्त गरे । गोरखा नगरपालिकामा नेकपा माओवादी र जसपाबीच चुनावी गठबन्धन भएको थियो । 

सम्पादकको रोजाइ

सुझावित समाचार