माधव नेपालको गृहनगर गौरमा एकीकृत समाजवादीका साह विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहनगर गौरमा उनकै पार्टीका उम्मेदवारले जित निकालेका छन्। एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले गौर नगरपालिकाको मेयरमा विजय हासिल गरेका हुन्।

पूर्वमेयर तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै साह नगरप्रमुखमा विजयी भएका हुन्। निर्वाचित साहले ५७९५ मत प्राप्त गर्दा गुप्ताले ३४९९ मत प्राप्त गरेका छन्।

उपमेयरको पदमा पनि समाजवादीकै उम्मेदवार शैल देवी विजयी भएकी छिन्। नेपाली कांग्रेसकी डा. शाहजाहा खातुनले ३ हजार ४६० मत ल्याउँदा निर्वाचित शैलदेवीले ४ हजार ३९९ मत पाएकी छिन्।

सम्पादकको रोजाइ

सुझावित समाचार