निजगढमा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ। सत्तागठबन्धनलाई हराउँदै एमालेले निजगढ नगरमा जित निकालेको  हो । नेपाली  कांग्रेस र नेकपा माओवादी केन्द्रबीच  गठबन्धन गरी चुनाव लडेको भए तापनि एमालेले गठबन्धनलाई हराउँदै जित निकालेको हो। 

एमालेका तर्फबाट प्रमुखमा सुरथ पुरी  र उपप्रमुखमा सोममाया थिङ विजयी भएका हुन् । नेपाली  कांग्रेसका तर्फबाट प्रमुखमा सुरेश खनाल र उपप्रमुखमा माओवादीका तर्फबाट रविराज  दंगाल प्रतिस्पर्धामा रहेका थिए। 

कांग्रेसका उम्मेदवार खनाललाई ६५२ मतले पछि पार्दै पुरीले जित निकालेका हुन्। उपप्रमुखमा दंगाललाई  १४१ मतको झिनो अन्तरले थिङले पछि पार्दै  विजयी भइन्।

एमालेका तर्फबाट प्रमुख  पदमा उम्मेदवारी दिएका पुरीले ९४७५ मत  प्राप्त गरेका थिए  भने प्रमुख  पदमा प्रत्यासी रहेका खनालले ८८२३ मत प्राप्त गरे। एमालेबाट उपप्रमुख रहेकी सोममाया थिङले ८६५९ मत प्राप्त गरेकी थिइन्। उपप्रमुखमा माओवादीका तर्फबाट प्रत्यासी बनेका रविराज  दंगालले ८५१८ मत प्राप्त गरेका छन् ।

गठबन्धनले ८ वटा वडामा जित निकाल्दा एमालेले ५ वटा वडामा मात्र जित निकाल्न सफल भएको छ। निजगढ नगरमा २८२७६ मतदाता रहेकोमा २१०८० मत खसेको थियो । 
 
    
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार