दैलेखको आठबिस नगरपालिकामा एमालेका उम्मेदवार विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

दैलेखको आठबिस नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरपालिका प्रमुखमा एमालेका तर्कबहादुर बडुवाल ५ हजार ३ सय २७ मतसहित र उपप्रमुखमा एमालेकै कल्पना थापा ५ हजार १ सय ३३ मतसहित विजयी भएका हुन्।

अध्यक्षका अर्का उम्मेदवार नेपाली कांग्रेसका प्रेमप्रकाश शाहीले ५ हजार ६६ मत ल्याउँदा उपप्रमुखमा कांग्रेसकै निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएकी छिन्।

११ स्थानीय तह रहेको दैलेखमा सबै स्थानीय तहको मत परिमाण सार्वजनिक भैसकेको छ। ११ मध्ये नेपाली कांग्रेसले ५, नेकपा एमालेले ४ र नेकपा माओवादी केन्द्रले २ स्थानमा जित निकालेको छ। उपप्रमुखमा कांग्रेस ५, एमाले ६ र एकीकृत समाजवादी १ स्थानमा विजयी भएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार