काठमाडौं महानगरको २८ नम्बर वडामा स्थापितको सुरुवाती अग्रता

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण
काठमाडौं महानगरको २८ नम्बर वडामा स्थापितको सुरुवाती अग्रता

फाइल फाेटाे ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा एमालेका उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्। प्रारम्भिक मतगणनामा स्थापितले अग्रता लिएका हुन्। यो स्थापितको आफ्नै वडासमेत हो।

पहिलो मत परिणामअनुसार दुई सय मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४६ र तेस्रोमा नेपाली कांग्रेसकी उम्मेदवार  सिर्जना सिंहले ३३ मत पाएकी छन्।

हालसम्मको मतगणनाअनुसार एमालेका स्थापितले नाै हजार एक सय १० मत प्राप्त गरेका छन्। उनी बालेनभन्दा आठ हजार पाँच सय ३३ मतले पछि छन्। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिंहले आठ हजार एक सय ६७ मत प्राप्त गरेकी छन्। सिंहभन्दा बालेन नाै हजार चार सय ७६ मतले अगाडि छन्।

सुझावित समाचार