काठमाडौं महानगरपालिको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाएका छन्। उनले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतले पछि पारेका हुन्। साहले हालसम्म १७ हजार ६ सय ४३ मत ल्याएका छन्। उनको पछिपछि नेकपा एमालेका उम्मेदवार स्थापित छन्। तर, झन्डै नाै हजार मतान्तरले स्थापितभन्दा बालेन अगाडि छन्। हाल काठमाडौं महानगरपालिकाको ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना भइरहेको छ।
यसबाहेक अन्य वडाको मतगणना सुरु भएको छैन। हालसम्मको मतगणनाअनुसार एमालेका स्थापितले नाै हजार एक सय १० मत प्राप्त गरेका छन् । उनी बालेनभन्दा आठ हजार पाँच सय ३३ मतले पछि छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिंहले आठ हजार एक सय ६७ मत प्राप्त गरेकी छन्। सिंहभन्दा बालेन नाै हजार चार सय ७६ मतले अगाडि छन् ।