मेलम्ची नगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आइतमान तामाङ विजयी भएका छन्। उपमेयरमा एमालेकी उमा प्रधानले जित हात पारिन्। तामाङले ११ हजार दुई सय ५८ मत प्राप्त गरे। प्रतिस्पर्धी एमालेका बालकृष्ण देउजाले ११ हजार एक सय ६५ मत पाए। ९३ मतको झिनो अन्तरले देउजा पराजित भए। 

उपमेयरकी उम्मेदवार प्रधानले दश हजार एक सय ६४ मत ल्याइन्। उनकी प्रतिस्पर्धी राप्रपाकी कुमारी तामाङले आठ हजार तीन सय ६४ मत पाइन्। कांग्रेसले राप्रपासँग गठबन्धन गरेको थियो। एकीकृत समाजवादी र माओवादीले पनि गठबन्धन गरेका थिए। 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार