कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै चौरजहारीमा माओवादी केन्द्र विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

रुकुम पश्चिमको चौरजहारी नगरपालिका माओवादी केन्द्रले जितेको छ। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई पराजित गर्दै प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरीकुमारी शर्मा विएम विजयी भएका छन्। वादीले गठबन्धनका प्रेमबहादुर ओलीलाई पाँच् सय ७१ मतले पराजित गरेका हुन्। उनले ६ हजार आठ सय ८२ मत पाउँदा ओलीले ६ हजार तीन सय ११ मत पाए।

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी ईश्वरीकुमारी शर्मा विएम विजयी बनिन्। उनले कांग्रेस–एमाले गठबन्धनका टंकप्रसाद ओलीलाई एक हजार दुई सय ५८ मतले पराजित गरिन्। विएमले सात हजार दुई मत ल्याउँदा ओलीले पाँच हजार सात सय ४४ मत ल्याए।

नगरपालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए भने माओवादी केन्द्र एक्लै लडेको थियो। नगरका कुल १४ वडामध्ये ११ वडा माओवादीले जितेको छ भने तीन वडामा गठबन्धनका तर्फबाट कांग्रेसले जितेकाे छ।

सम्पादकको रोजाइ

सुझावित समाचार