दैलेखको दुल्लु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत रिजाल विजयी भएका छन्। सात हजार सात सय २५ मत प्राप्त गर्दै रिजाल विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका रुद्र शाहीले सात हजार पाँच सय ९२ मत ल्याएका छन्। दुल्लुमा गठबन्धन र नेकपा एमालेवीच चुनावी प्रतिस्पर्धा भएको थियो।
दुल्लु नगरपालिकाको उपप्रमुखमा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेकी बिना कार्की विजयी भएकी छिन्। कार्कीले सात हजार एक सय ६० मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्काले सात हजार ८७ मत प्राप्त गरे।
११ वटा स्थानीय तह रहेको दैलेखमा अहिलेसम्म १० वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक भइसकेको छ। १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच, एमालेले तीन र माओवादी केन्द्रले दुई तहमा जित हासिल गरेका छन्। दैलेखको आठबिस नगरपालिकामा मतगणना कार्य अन्तिम अवस्थामा पुगेको छ।