चितवनको कालिकामा एमाले विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। पाँचदलीय गठबन्धनलाई पराजित गर्दै मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा विजयी भएका हुन्।

यसअघि ०७४ को स्थानीय चुनावमा पनि यहाँ एमालेका उम्मेदवार विजयी भएका थिए। यो नगरमा रहेका ११ वडामध्ये चार वडामा एमाले र सात वडामा गठबन्धनका दलका उम्मेदवार विजयी भएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार