खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

मुगुको खत्याड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादी केन्द्रका अजबहादुर शाही तीन हजार पाँच सय २१ मत प्राप्त गरी विजयी भएका हुन्। शाही नाै सय मतान्तरले विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका लालबहादुर मल्लले दुई हजार ६ सय २१ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया चार हजार पाँच सय ४८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनी दुई हजार ४९ मतान्तरले विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी एमालेकी कविता गिरिले दुई हजार चार सय ९९ मत प्राप्त गरेकी छिन्।

११ वडा रहेको यस गाउँपालिकामा  एमालेले तीनवटा, कांग्रेसल तीन वटा र माओवादीले पाँचवटा वडामा जित हात पारेका छन्। ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडामा  जितेको  थियो। यसपटक भने तीनवटा वडामै सीमित रहेको छ। काङ्ग्रेस र माओवादीले तीन–तीन वडामा जितेका थिए।

यो निर्वाचनमा खत्याड गाउँपालिकामा काङ्ग्रेस र माओवादीको गठबन्धन भएको थियो भने एमाले  र एकीकृत समाजवादी छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रेका थिए।
 

सम्पादकको रोजाइ

सुझावित समाचार