सर्लाहीको पर्सा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गयराति सम्पन्न मतगणनाको परिणामअनुसार यस पालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन् । गाउँपालिका अध्यक्षको पदमा नेपाली कांग्रेसका तर्फबाट धीरेन्द्र राय विजयी भएका छन् । रायले दुई हजार चार सय ६६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार दिनेशकुमार यादवले एक हजार आठ सय ५८ मत मात्र प्राप्त गरेका थिए ।
यादव पेसाले इन्जिनियरसमेत हुन् । गाउँले प्रमुखमा युवा चुनियर आएपछि स्थानीयमा उत्साह थपिएको उनीहरूको भनाइ छ । यस्तै, उपमेयर पदको उम्मेदवारमा नेपाली कांग्रेसकी नुतन देवी दुई हजार ३९ मतसहित विजयी भइन् । उनलाई गणना अवधिभर जनता समाजवादीकी नसरुल खातुनले पच्छ्याएकी थिइन् । तर, एक हजार नौ सय ४१ मत मात्र प्राप्त गरेपछि पराजित भइन् ।
यता पालिकाको तीन वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने दुई स्थानमा लोकतान्त्रिक समाजवादीका उम्मेदवार र एक वडामा नेकपा एकीकृत साजवादीका उम्मेदवार विजयी भएका छन् । विजयी हुने वडाध्यक्षहरूमा १ नम्बरमा कांग्रेसका सतेन्द्र साह, २ नम्बरमा नेकपा एसका राकेश राम, ३ नम्बरमा कांग्रेसका रघुनाथ साह, ४ नम्बरमा लोसपाका सुवेध राय यादव, ५ नम्बरमा लोसपाका अनिलकुमार यादव र ६ नम्बरमा कांग्रेसका गणेश साह विजयी भएका हुन् ।