तुलसीपुर उपमहानगर : एमाले २४ मतले अगाडि

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमाले २४ मतले अगाडि छ । एक हजार नौ सय ४८ मत गन्दासम्म एमालेबाट मेयरका उम्मेदवार टीकाराम खड्काले आठ सय ५० र गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले आठ सय २६ मत प्राप्त गरेका छन् ।

उनीहरूबीचको मतान्तर २४ रहेको छ । त्यस्तै, उपमेयरमा पनि एमालेकै अग्रता छ । एमालेका उपमेयरका उम्मेदवार स्यानी चौधरीले आठ सय ७१ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले ६ सय १७ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर दुई सय ५४ छ । 

अहिले तुलसीपुरमा वडा नं.१, २ र ३ को गणना भइरहेको छ । तुलसीपुरमा यसअघि एमालेले जितेको थियो । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार