सर्लाहीको बागमती ४ र ५ मा माओवादी विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

सर्लाहीको बागमती नगरपालिकाकाे थप दुई वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । बागमती नगरपालिका ४ र ५ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्। ४ नम्बर वडामा माओवादी केन्द्रको तर्फबाट कृष्णकुमार लामा विजयी भएका हुन् । उनले एक हजार आठ सय २२ मत प्राप्त गरे । लामा निवर्तमान वडाध्यक्षसमेत हुन् । 

यस्तै लामाका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रिपुमर्दन आलेले सात सय २० मत प्राप्त गरे ।  यस्तै, वडा नम्बर ५ मा पनि निवर्तमान वडाध्यक्ष कृष्णबहादुर वाइबा विजयी भएका छन् । वाइबा सात सय ९३ मतान्तरले विजयी भए । लामाले एक हजार दुई सय ८५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर मैनालीले चार सय ९२ मत मात्र प्राप्त गरे ।

योसँगै बागमती नगरपालिकामा माओवादी केन्द्रले पाँचवटा वडामा विजय हासिल गरेको छ । अन्य वडामा समेत माओवादी केन्द्रका उम्मेदवार अगाडि देखिएका छन् । नगरको मेयर र उपमेयरमा पनि माओवादी केन्द्रकै अग्रता छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ला मतपरिणामअनुसार माओवादी केन्द्रका मेयरका उम्मेदवार भरतकुमार थापाले आठ हजार नौ सय ३२ मतले अग्रता कायम गरिरहेका छन् । 

यस्तै, उपमेयरमा माओवादी केन्द्रकै उम्मेदवार एवं निवर्तमान उपमेयर लीलाकुमारी मोक्तानले आठ हजार ६ सय ४३ मतसहित अग्रता बनाएकी छिन्। यस्तै मेयर–उपमेयर पदका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेतले ६ हजार पाँच सय ४८ र सरिता घिसिङले ६ हजार सात सय ३५ मत प्राप्त गरेकी छिन् । 

See More On

सुझावित समाचार