रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले र कांग्रेसको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादुर बाँठा र उपाध्यक्षमा कांग्रेसका लेखमणि डाँगी विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित बाँठाले पाँच हजार ८५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका  रेशम पुनले चार हजार चार सय ६३ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका लेखमणि डाँगी चार हजार पाँच सय ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भागीसरा बन्दीपुरे (खड्का) तीन हजार आठ सय ६५ ल्याएर पराजित भएकी छिन् ।

गत ०७४ को स्थानीय निर्वाचनमा एमालेले एकल जितेको त्रिवेणीमा माओवादीले बागी उम्मेदवारका कारण हारेको थियो । अहिले भने सुदृढ भएको माओवादीविरुद्ध एमाले–कांग्रेसले गठबन्धन गरेका थिए । 
 

सुझावित समाचार