कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका कठायत चन्दननाथको मेयरमा निर्वाचित

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन् । उनी दुई हजार चार सय तीन मतसहित  चन्दननाथको मेयर पदमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका पदमबहादुर शाहीले  दुई हजार तीन सय ४१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । यस्तै, कांग्रेसकी रामदेवी खड्का दुई हजार आठ सय आठ मत प्राप्त गर्दै उपमेयरमा विजयी भएकी छिन् । 

चन्दननाथको मेयरमा निर्वाचित कठायत कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । यहाँको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिकामा सबै ठूला राजनीतिक दलहरूको आँखा गड्ने गरेकाे छ । तर, ठूला राजनीतिक दलहरूलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कठायत मेयर पदमा विजयी भएका हुन् । 
 

सुझावित समाचार