पर्वतका तीन पालिकामा गठबन्धन, दुईमा एमाले विजयी

दुई पालिकाको गणना जारी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

स्थानीय तहको निर्वाचनमा पर्वतमा हालसम्म ५४ वडाको परिणाम घोषणा भइसकेको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ६१ वडामध्ये ५५ वटा वडाको परिणाम घोषणा भएको हो  ।  ६ वडाको घोषणा हुन बाँकी छ । 

जसमध्ये कुश्मा नगरपालिका वडा नं. ७, ८, ९ र १० बाँकी रहेका छन् भने विहादी गाउँपालिकाका ५ र ६ नम्बर वडाको परिणाम घोषणा हुन बाँकी छ । पर्वतमा चार गाउँपालिका र एक नगरपालिकाको घोषणा भइसकेको छ भने कुश्मा नगरपालिका र विहादी गाउँपालिकाको परिणाम  घोषणा हुन बाँकी छ । जसअनुसार फलेवास नगरपालिका, जलजला गाउँपालिका र पैयुँ गाउँपालिकामा नेपाली कांग्रेस प्रमुख पदमा विजयी भएको छ भने महाशिला र मोदी गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । 

घोषित परिणामअनुसार वडाध्यक्षमा नेकपा एमाले ३१ स्थानमा विजयी भएको छ भने कांग्रेस २१ र माओवादी केन्द्र दुई स्थानमा विजयी भएको छ । स्वतन्त्र तर्फका उम्मेदवार झलक रिमाल गठबन्धनको बलमा कुश्मा नगरपालिका– १२ ठूलीपोखरीमा विजयी भएका छन् । 

निर्वाचित वडाहरूको दलगत अवस्थाः
नेकपा एमालेको तर्फबाट विजयी वडाध्यक्षहरू
१) जलजला गाउँपालिका वडा नं. १ बाँसखर्क
२) जलजला गाउँपालिका वडा नं. २ माझफाँट
३) जलजला गाउँपालिका वडा नं. ३ माझफाँट
४) जलजला गाउँपालका वडा नं. ४ माझफाँट
५) जलजला गाउँपालिका वडा नं. ५ लेकफाँट
६) महाशिला गाउँपालिका वडा नं. १ होश्राङदी
७) महाशिला गाउँपालका वडा नं. २ भोक्सिङ
८) महाशिला गाउँपालिका वडा नं. ३ बालाकोट
९) महाशिला गाउँपालिका वडा नं. ४ पाखापानी
१०) महाशिला गाउँपालिका वडा नं. ६ फलामखानी
११) पैयुँ गाउँपालिका वडा नं. २ त्रिवेणी
१२) पैयुँ गाउँपालिका वडा नं. ३ बेउलीबास
१३) पैयुँ गाउँपालिका वडा नं. ४ हुवास
१४) पैयुँ गाउँपालिका वडा नं. ५ हुवास
१५) पैयुँ गाउँपालिका वडा नं. ६ सरौखोला
१६) फलेवास नगरपालिका वडा नं. ११ पाङराङ
१७) फलेवास नगरपालिका वडा नं. २ थापाठाना
१८) फलेवास नगरपालिका वडा नं. ८ ठानामौला
१९) फलेवास नगरपालिका वडा नं. ७ लिमिठाना
२०) फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँ
२१) विहादी गाउँपालिका वडा नं. १ बाच्छा
२२) विहादी गाउँपालिका वडा नं. ३ रानीपानी
२३) मोदी गाउँपालिका वडा नं. १ भुकदेउराली
२४) मोदी गाउँपालिका वडा नं. २ देउपुर
२५) मोदी गाउँपालिका वडा नं. ३ देउराली
२६) मोदी गाउँपालिका वडा नं. ७ राम्जा
२७) मोदी गाउँपालिका वडा नं. ८ चित्रे
२८) कुश्मा नगरपालिका वडा नं. १३ खौला
२९) कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ
३०) कुश्मा नगरपालिका वडा नं. ६ कुश्मा
३१) कुश्मा नगरपालिका वडा नं. ११ पकुवा
 

नेपाली कांग्रेसको तर्फबाट विजयी वडाध्यक्षहरू
१) पैयुँ गाउँपालिका वडा नं. १ टकलाक
२) पैयुँ गाउँपालिका वडा नं. ७ भोर्ले
३) जलजला गाउँपालिका वडा नं. ६ शालिजा
४) जलजला गाउँपालिका वडा नं. ८ नाग्लिवाङ
५) कुश्मा नगरपालिका वडा नं. १ पाङ
६) कुश्मा नगरपालिका वडा नं. १४ आर्थर
७) कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट
८) कुश्मा नगरपालिका वडा नं. ४ कुस्मा 
९) कुश्मा नगरपालिका वडा नं. ५ कुस्मा 
१०) फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा
११) फलेवास नगरपालिका वडा नं. १० कुर्घा
१२) फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरी
१३) फलेवास नगरपालिका वडा नं. ९ भंगरा
१४) फलेवास नगरपालिका वडा न ४ मुडिकुवा
१५) फलेवास नगरपालिका वडा नं. ६ देवीस्थान
१६) महाशिला गाउँपालिका वडा नं. ५ लुंखु
१७) विहादी गाउँपालिका वडा नं. २ बर्राचौर
१८) विहादी गाउँपालिका वडा नं. ४ शालिग्राम
१९) मोदी गाउँपालिका वडा नं. ४ क्याङ
२०) मोदी गाउँपालिका वडा नं. ५ बाजुङ
२१) मोदी गाउँपालिका वडा नं. ६ तिलाहार

माओवादी केन्द्रले जितेको वडा
१) जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ
२) जलजला गाउँपालिका वडा नं. ९ बनौँ
स्वतन्त्रले जितेको वडा
१) कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरी खरी

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार