मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ०७४ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको थाहामा यसपटक पनि गठबन्धनकै प्रमुख, उपप्रमुख विजयी भएका हुन् । बुधबारको अन्तिम मतगणनाअनुसार गठबन्धनबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट नौ हजार सात सय १९ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले सात हजार सात सय ७१ मत ल्याए । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका भरत गोपाली आठ हजार ६ सय सात मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना बलामीले आठ हजार पाँच सय २२ मत ल्याइन् ।