महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका मोहन पाण्डेय विजयी भएका छन् । उनी पाँच हजार आठ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् ।
नवनिर्वाचित नगरप्रमुख पाण्डेयले आफूलाई विजयी गराउने मतदातालाई धन्यवाद दिँदै मनरा सिस्वा नगरपालिकालाई नमुना पालिकाको रूपमा स्थापित गर्ने बताए । पाण्डेले आफ्ना प्रतिद्वन्द्वी जसपाका महेन्द्र रायलाई नौ सय ६४ मतान्तरले हराएका छन् ।
यता, मनरा सिस्वा नगरपालिकाको उपप्रमुखमा पनि कांग्रेसकै शकुन्तला देवी विजयी भएकी छिन् । उनले पाँच हजार सात सय ४५ मत प्राप्त गरेकी छिन् ।