मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । चौधरीले ६ हजार पाँच सय ६५ मत प्राप्त गरे । निकटतम् प्रतिस्पर्धी एमालेका सुवासकुमार सरदरले पाँच हजार ६ सय ८२ मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रका किशोरकुमार पाण्डेले तीन हजार पाँच सय ३७ मत पाए ।
उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी विजयी भएकी छिन् । उनी पाँच हजार आठ सय ४८ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी मन्जिताकुमारी सरदार पाँच हजार दुई सय पाँच मत प्राप्त गरी पराजित भइन् ।